काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा काठमाडौँ फर्किएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौँ फर्किएका हुन् ।

१२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए ।

पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही आगमनका क्रममा पार्टी नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

पाँच दिनको बसाइमा उनी पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या र अपेक्षा सुन्ने काममा केन्द्रित थिए ।