काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा करिब १२ हप्ता मैदानबाहिर रहने भएकी छन्।

उनको मांसपेशीमा चोट लागेको नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार जनाएको हो। त्यसका कारण उनी करिब ८ देखि १२ हप्ता पूर्ण विश्राममा रहने भएकी छन्।

आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत स्कटल्यान्डसँगको खेलका क्रममा ब्याटिङ गर्दा उनी घाइते भएकी थिइन्। सो खेलमा उनी रिटायर्ड हट भएकी थिइन्।

चिकित्सकको सल्लाहअनुसार हाल उनी उपचार र विश्राममा रहेकी छन्।