काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला टिमले माघ १७ गते शनिबार चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेल शनिबार दशरथ रंगशालामा आयोजना हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनियाँ संघको सयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो ।

नेपाली राष्ट्रिय यू–२० महिला टिमकी कप्तान बिर्सना चौधरीले टीमवर्क र कम्युनिकेशन निकै राम्रो रहेकाले मैत्रीपूर्ण खेलमा कुनै समस्या नहुने र जित आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि नेपाली टोली खेलका लागि तयार रहेको बताए ।

एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै आइरहेको छ ।