काठमाडौँ
००:००:००
१६ माघ २०८२, शुक्रबार

१६ माघ २०८२
अ+
अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश र जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने गर्ने आन्दोलनको बीउ शहीदहरूले रोपेको उल्लेख गरेका छन् ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले १९९७ सालका शहीदहरूले आजको लोकतान्त्रिक अधिकारको बीउ रोपेको बताएका हुन् ।

अध्यक्ष ओलीले आजको दिनलाई केवल क्यालेण्डरको एउटा मिति जस्तो मात्र लागे पनि विगतलाई हेर्ने हो भने यो स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा थाहा हुने बताए ।

अध्यक्ष ओलीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको स्मरण गरे । यस्तो शासनको अन्त्य गर्न कम्युनिस्ट र काँग्रेसको सहकार्यले महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ ।

ओलीले फेसबुक मार्फत भनेका छन् – ‘निरंकुश जहानियाँ शासनको ठाउँमा आजको लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिस्ट र काँग्रेसको संयुक्त आन्दोलनको उपज हो । आज समाजले पाएको लोकतान्त्रिक अधिकार ’’ अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग हुने प्रतिबद्धता जनाएका छन् ।