१७ माघ २०८२
अ+
अ-

सुर्खेत । कर्णाली प्रदेशको चुनावी माहोल तताइरहेका रास्वपाका वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेपछि वीरेन्द्रनगरमा समर्थकहरूको उल्लेख्य भीड देखिएको छ। उत्साही कार्यकर्ता र स्थानीयको घेराबन्दीबीच बालेनले घन्टी बजाउँदै जनसमर्थनप्रति आभार व्यक्त गरे।

सुदूरपश्चिमको अभियान सम्पन्न गरी शुक्रबार कर्णाली प्रवेश गरेका बालेनले शनिबार बिहान वीरेन्द्रनगरमा पार्टीका उम्मेदवार र नेताहरूसँग भेटघाट गरेका थिए। भेटमा सुर्खेत–१ का उम्मेदवार टेकबहादुर सिंह ठकुरी, सुर्खेत–२ का उम्मेदवार रमेश सापकोटा र प्रदेश सभापति मदन खड्कालगायत सहभागी थिए।