१७ माघ २०८२
पूजा महतो। तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो । कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।

थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।