काठमाडौँ
००:००:००
१८ माघ २०८२, आईतवार

१८ माघ २०८२
अ+
अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युकासल युनाइटेडलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलका लागि हुगो एकिटिकेले दुई गोल गर्दा फ्लोरियन विट्ज र इब्राहिमा कोनाटेले एक-एक गोल गरे। न्युकासलका एन्थनी गोर्डनले गोल गरे।

जितपछि लिभरपुल २४ खेलमा ३९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। पराजित न्युकासल ३३ अंकसहित १०औं स्थानमा छ।