काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

२० माघ २०८२
झापाको कमल गाउँपालिकामा मतदातासामु बालेन शाह। तस्बिर : बालेनको सचिवालय
अ+
अ-

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा -५ मा उम्मेदवार बनेका बालेन्द्र शाहसँग झापाको कमल गाउँपालिकाका जनताले चुनावी एजेण्डा माग गरेका छन्। मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको सुकुम्बासी टोलमा पुगेका बालेनसँग त्यहाँका मतदाताले चुनावी एजेण्डा के हो भनी प्रश्न गरेका थिए।

मतदातासँग अन्तर्क्रिया गर्दै उनले चुनावी एजेण्डा तयार भइरहेको र फागुनको पहिलो साता सार्वजनिक गरिने बताए। त्यहाँका एक मतदाताले शिक्षा, स्वास्थ्य जस्ता विषयमा जनतालाई सहुलियत दिन सकिन्छ कि सकिँदैन भनी प्रश्न गरेका थिए।

यसको जवाफमा उनले स्वास्थ्य, शिक्षा जस्ता विषय तत्काल निशुल्क गर्न नसकिने बताए।

झापाको कमल गाउँपालिकामा मतदातासामु बालेन शाह। तस्बिर: बालेनको सचिवालय

उनले भने, ‘देशको संविधानमा फ्री चाँहि लेखिएको छ, तर बजेट छैन। १९ खर्बको बजेटले १० प्रतिशत पैसा हुनेलाई समेत सबै कुरा फ्री गर्ने अवस्था छैन।’ शिक्षा र स्वास्थ्य सबै नागरिकको आधारभूत अधिकार भएको भन्दै आर्थिक अवस्था कमजोर भएकाले सेवा नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।