काठमाडौं । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार सार्वजनिक विज्ञप्तिमार्फत प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्।
२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभा स्थापना भएको थियो। २०८० भन्दा पहिले लुम्बिनी सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो।
२०८० सालदेखि दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रूपमा मनाउन थालिएको थियो।