काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले आईसीसी पुरुष टी-२० विश्वकपको वार्म-अप खेलमा नेपाललाई १४६ रनको सामान्य लक्ष्य दिएको छ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
यूएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। २७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे।
हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीको नाममा १ विकेट रह्यो।