खिचिक्क
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार सुरु गरेको छ।
यसअघि सडकमै हरियो रेखा कोरी छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भन्दै महानगरले साइकल लेनलाई व्यवस्थित र सुरक्षित गरेको हो। चौडा फुटपाथसँगै साइकल लेन निर्माण गरिएको हो।
माइतीघरदेखि तीनकुने पुलसम्मको साढे दुई किलोमिटर सडक खण्डमा सुरक्षित साइकल लेन र व्यवस्थित पैदलमार्ग निर्माण गरिँदै छ।
हाल सुरुवात भएको यो योजना अन्यत्र पनि विस्तार गरिने महानगरले जानकारी दिएको छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
