काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दैगर्दा सरसफाइको काम गर्ने एकजनालाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिका कर्मचारी ४० वर्षीय डिकबहादुर राउत छन्।
डस्टबिनको फोहोर बाहिर फाल्न ल्याउँदै गर्दा प्रहरीको जाँचका क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ।
उनको साथबाट प्रहरीले ४.४ ग्राम सुन बरामद गरेको छ।