काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जबीच शिष्टाचार भेट भएको छ।
भेटमा मन्त्री अर्यालले यूएनओडीसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै यूएनओडीसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनको भनाइ छ।
यूएनओडीसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताए। उनले सरकारका तर्फबाट यूएनओडीसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे।
गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडीसी नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो।