काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
आज (बिहिबार) बिहान प्रधानमन्त्री कार्कीसँग भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।
बालुवाटारमा प्रधानमन्त्री कार्की र ओलीबिच करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ।
यसअघि प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच पुस २४ गते भेटवार्ता भएको थियो ।