काठमाडौँ। यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ।
७ फागुन २००७ मा नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो ६‚ ७ र ८ फागुनमा मनाउने निर्णय गरेको हो।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज (बिहीबार) सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू‚ काठमाडौँ उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू‚ मुख्यसचिव‚ प्रधानसेनापति‚ सचिवहरु, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य छन्। गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव छन्।
निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास‚ कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ। मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा गरिनेछ।
उनले भने‚ “राष्ट्रिय प्रजातन्त्र दिवस ७ फागुन हाम्रा लागि एकदमै महत्त्वपूर्ण छ। यसबीचमा हामीले पटकपटक प्रजातन्त्रका लागि सङ्घर्ष गर्नुपरेको छ। ती सबै आन्दोलन र नेपाली जनताले गरेको बलिदानी र त्यसबाट भएका उपलब्धिको प्रतीक हो यो दिन।”