काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

२२ माघ २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। कुलमान घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका छन्।

पार्टीले जनकपुरमा सञ्चालन गरेको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा अध्यक्ष घिसिङले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताएका हुन्।

घिसिङले उज्यालो नेपाल पार्टी(उनेपा) सामाजिक सञ्जाल चलाएर स्थापित नभई डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित पार्टी भएको बताउँदै उनेपा नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे।

“हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ। हामी डेलिभरी दिनको लागि आएका हौँ। अबको भोट भनेको डेलिभरी दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन।” उनले भने।

उनेपाले मधेश प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ।