काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

२२ माघ २०८२
अ+
अ-

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन् । उनको खुट्टाको घाउ पूर्ण निको भइसकेको छैन ।

लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आज बिहान चितवन जाने बताएका छन् । रवि चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका उल्लेख गरेका छन् ।

फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह देश दौडामा हिँड्ने तय भइसकेको छ । रास्वपा नेतृ प्रतिभा रावलले फागुनको पहिलो साता नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुने बताइन् ।

यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए । सोही सभामा सहभागी हुन जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोकिएर चोट लागेको हो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।