काठमाडौँ
००:००:००
२३ माघ २०८२, शुक्रबार

२३ माघ २०८२
अ+
अ-

काठमाडौं । भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले उचालेको छ । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसिबीले उपाधि उचालेको हो ।

फाइनलमा आरसिबीका लागि स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि दिल्ली फाइनलमा चुकेको हो ।

आरसिबीसँगको हारसँगै दिल्ली लगातार चौथो पटक‌ फाइनलमा चुकेको हो । बिहीबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २०३ रन बनाएको थियो ।

उसका लागि जेमिमाह रोड्रिग्सले ३७ बलमा ८ चौकासहित ५७ रनको आक्रामक अर्धशतक प्रहार गरेकी थिइन् भने लरा वोल्भार्ड्टले ४४ रन जोडिन्।

अन्तिम ओभरमा चिनेल हेन्रीले लगातार चौका–छक्का प्रहार गर्दै टोलीलाई दुई सय पार गराएकी थिइन्। उनले नटआउट ३५ रन जोडिन् ।

२०४ रनको लक्ष्य पछ्याएको आरसिबीले १९.४ ओभरमै चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । कप्तान स्मृति मन्धानाले ४१ बलमा १२ चौका ३ छक्कासहित ८७ रनको शानदार इनिङ खेल्दा जर्जिया भोलले ५४ बलमा १४ चौकासहित ७९ रन जोडिन्।