२४ माघ २०८२
अ+
अ-

कीर्तिपुरको भिराडिल पार्कलाई जोड्ने झोलुङ्गे पुल धेरैकालागि खोला पार गर्ने छोटो माध्यम हो। स्थानीय बासिन्दाको दिनचर्याको साथी बनेको यो पुलमा मान्छेहरु हिँड्दाहिँड्दै कहिलेकाहीँ एकछिन टक्क अडिन्छन्। केटाकेटीहरु त झोलुङे पुलमा मच्चिदै रमाउँछन् पनि। यही पुलमा बसेर नियाल्ने हो भने, सहरीकरण र अव्यवस्थित बसोबासको ‘गज्याङ-मज्याङ’ चित्र पनि देखिन्छ।