काठमाडौँ
००:००:००
१७ फाल्गुन २०८२, आईतवार

२४ माघ २०८२
अ+
अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ।

पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन्। समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन्। खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ।

पहिलो दिनको दोस्रो खेल वेस्ट इन्डिज र स्कटल्यान्डबीच खेलिने छ। उक्त खेल भारतको कोलकातामा दिउँसो ३ बजे शुरू हुनेछ।

यसैगरी, पहिलो दिनको तेस्रो खेल भारत र अमेरिकाबीच खेलिने छ। भारत र अमेरिकाबीचको खेल १९:१५ बजे मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका खेलहरू यी दुई राष्ट्रका विभिन्न शहरमा खेलाइने छन्। प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ।

सन् २००७ देखि शुरू भएको टी–२० विश्वकपको १०औं संस्करणमा २० टोलीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन्।

यसैगरी, समूह ‘सी’ मा नेपाल, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन्। समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।