काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौं। प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रशासन, इन्जिनियरिङ, लेखा र कानुनतर्फ ९८ जना कर्मचारी माग गरेको छ।

परिषदले विज्ञापन प्रकाशन गरेर प्राविधिक र प्रशासन सेवाका लागि ९८ जना कर्मचारी माग गरेको हो।

योग्यता पुगेका आवेदकले आयोगको विद्युतीय दरखास्त प्रणाली www.ctevt.org.np मा आवेदन दिन पर्नेछ।

उमेर हद अधिकृत स्तर द्वितिय श्रेणीको हकमा ४० वर्ष ननाघेको, तृतियको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, सहायकको हकमा १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले फागुन २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन्।