काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठेखोला २‚ बागलुङकी ४३ वर्षीया कोपिला शर्मा, धनकुटा २‚ सुनसरीका ३१ वर्षीय सन्तोष राई, चौंरी देउराली ९‚ काभ्रेकी ४८ वर्षीया कुमारी तामाङ छन्। यसैगरी कीर्तिपुर नगरपालिका २ की ४३ वर्षीया बिना महर्जन र ४५ वर्षीय बिन्दा महर्जन पनि पक्राउ परेका छन्।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए।

शर्माले बेलायत पठाउने बहानामा एक जनाबाट १३ लाख, राईले कम्बोडिया पठाउने बहानामा एक जनाबाट तीन लाख ७० हजार र तामाङले पोर्चुगल पठाउने बहानामा एक जनाबाट १३ लाख ६० हजार रुपैयाँ लिएका थिए।

कार्कीका अनुसार रकम लिएर फरार भएपछि पीडित प्रहरीमा निवेदन दिन पुगेका थिए। यता, महर्जनद्वयले अमेरिका पठाउने बहानामा एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।