काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

२५ माघ २०८२
अ+
अ-

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशअनुसार आज (आइतबार) प्रसाईं हाजिरी जमानीमा रिहा भएको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

काठमाडौँबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेका बेला प्रहरीले प्रसाईंलाई दक्षिणकाली नगरपालिका-चाल्नाखेल क्षेत्रबाट शुक्रबार पक्राउ गरेको थियो।