काठमाडौँ
००:००:००
२६ माघ २०८२, सोमबार

२६ माघ २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले लत्ताकपडा लोड गरी भारतबाट नेपाल आएका दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका १४‚ रोडशेष चोक सडकस्थित नेपाल टेलिकम अगाडिबाट आइतबार अपराह्न दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कवित कटवालले जानकारी दिए।

कटवालका अनुसार प्र-३-०१-००५ख ९४२५ र प्र३-०१-००६ख १३०८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ। ती ट्रकमा बिल बिजकभन्दा बढीको सामग्री रहेको सूचना आएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको कटवालले बताए।

ट्रकमा एक करोड ८१ लाख २६ हजार ८७ रुपैयाँबराबरको कपडा रहेको प्रहरीले जनाएको छ। प्रहरीले ट्रकका चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ का ४९ वर्षीय ऋषिराम पौडेल र रामेछाप मन्थली नगरपालिका १० का ३७ वर्षीय कुमार बुढाथोकीलाई पक्राउ गरेको छ।

चालक, ट्रक र बरामद कपडा राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ।