काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
अ+
अ-

रुपन्देही। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेकाे छ।

लामिछाने सोमबार रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा सम्बोधनसहितका चुनावी कार्यक्रममा सहभागी भइसकेका थिए। त्यसक्रममा मंगलबार नवलपरासी पुग्ने कार्यक्रमअनुसार जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रमहरूमा सहभागी हुने तयारी थियो।

उनी आइतबार पूर्वी नवलपुर र पश्चिमनवलपरासीको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार दिनभर रुपन्देहीको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

मंगलबार उनले यहाँ सहभागी भएर चितवन फर्कने कार्यक्रम बनाएका थिए।