काठमाडौँ
००:००:००
२७ माघ २०८२, मंगलवार

२७ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

रामेछाप। रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ ।