काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
तस्बिर स्रोत : टुर्की टुडे
अ+
अ-

काठमाडौँ।  टर्कीको संसद्‌मा बुधबार सत्तारुढ दल र विपक्षी दलका सांसदहरूबीच झडप भएको छ।

मन्त्रिमण्डल पुनर्गठनका क्रममा राष्ट्रपति रेसेप तैयप एर्दोगानले विवादास्पद व्यक्ति अकिन गुर्लेकलाई न्याय मन्त्रीमा नियुक्त गरेपछि विवाद सुरु भएको थियो।

नवनियुक्त मन्त्री गुर्लेकले संसद्‌मा पद तथा गोपनीयताको शपथ लिने क्रममा विपक्षी दलले रोक्ने प्रयास गर्दा भएको विवाद कुटाकुटमा परिणत भएको हो।

विवाद बढ्दै गएपछि सांसदहरूबीच धकेलाधकेल भएको थियो भने केही सांसदहरूले एकअर्कामाथि मुक्का प्रहार समेत गरेका थिए।

नवनियुक्त मन्त्री गुर्लेकले यसअघि इस्तानबुलको मुख्य सरकारी वकिल रहँदा मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’ का धेरै सदस्यहरू विरुद्ध हाई-प्रोफाइल मुद्दाहरू चलाएका थिए।

विपक्षी दलले ती कानुनी प्रक्रियाहरू राजनीतिक रूपमा प्रेरित रहेको र गुर्लेकलाई प्रतिशोध साध्न प्रयोग गरिएको आरोप लगाउँदै आएको छ।