काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई घोषणापत्र बुझाउन भनेको छ।
आयोगले आगामी ३ फागुनभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र पेस गर्न आह्वान गरेको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी ३ फागुनभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आयोगले भनेको हो।
यसैगरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन पनि आयोगले आह्वान गरेको छ।