निर्वाचन आयोगमा सामग्री ढुवानी तयारी र वितरण प्रक्रिया धमाधम
काठमाडौँ। निर्वाचन आयोगले आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामग्री ढुवानी र तयारी तीव्र बनाएको छ।
आयोगका अनुसार अघिल्लो सातादेखि मतपेटी तथा अन्य प्राथमिक सामान जिल्लातिर ढुवानी सुरु भइसकेको छ। त्यसैगरी छाप, स्टेसनरी र थप आवश्यक सामग्री पनि चाँडै उपलब्ध भई निर्वाचन क्षेत्रमा पठाउन थालिनेछ।
आयोगले केन्द्रबाट नौ प्रकारका निर्वाचन सामग्री पठाउने र जिल्लामा ३७ प्रकारका सामग्री व्यवस्थापन गरिने जनाएको छ।
निर्वाचन तयारीमा समन्वय, भण्डारण तथा रसद व्यवस्थापनमा छिटो र पारदर्शी प्रक्रिया अपनाउन आयोगले जोड दिएको छ। साथै कडाइका साथ सुरक्षा तथा चुनावी नियमावली पालना गराउने योजना बनाइएको छ।
हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :
