काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
अ+
अ-

काठमाडौं। नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र नेपाल पर्यटन बोर्डको सहकार्यमा “२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” आगामी फागुन १४–१६, २०८२ (फेब्रुअरी २६–२८, २०२६) मा आयोजना हुने भएको छ।

महोत्सवमा ३० अन्तर्राष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत कायाकिङका दुई र राफ्टिङको एक विधा गरी तीन स्पर्धा हुनेछन्।

पहिलो दिन रेस, दोस्रो दिन नकआउट सेसन र तेस्रो दिन राफ्ट सेसन सञ्चालन हुनेछ । करिब ४००–६०० जनाको उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्डले नदीमा आधारित साहसिक गतिविधि (राफ्टिङ, कायाकिङ, कनोइङ) लाई नेपालको छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सातै प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

आयोजकका अनुसार यो महोत्सव ५० वर्षे नेपाली जलयात्रा इतिहासको उत्सव समेत हो, जसअन्तर्गत राफ्टिङको व्यावसायिक सुरुवातकर्तालाई विशेष सम्मान गरिनेछ।