काठमाडौँ
००:००:००
२९ माघ २०८२, बिहीबार

२९ माघ २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९)  विज्ञप्ति जारी गर्दै शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलद्वारा चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।