काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

यस खेलमा आर्सनलका लागि नोनी माडुएकेले गोल गरेका थिए भने ब्रेन्टफोर्डका लागि कीन लेविस पोटरले एक गोल गरेका थिए ।

यो बराबरीपछि आर्सनलको २६ खेलमा ५७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै ब्रेन्टफोर्डको २६ खेलमा ४० अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।