काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी रहेको जनाएको छ।

आयोगले शुक्रबार बिहान ८ बजेसम्म ७७ मध्ये ६३ जिल्लाको मतपत्र छाप्ने कार्य सम्पन्न भएको जनाएको छ। बामगती प्रदेशका ५ र मधेस प्रदेशका ८ वटा जिल्लाको मत पत्र छाप्न बाँकी रहेको जनाएको छ।

बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र धादिङ जिल्ला छाप्न बाँकी रहेको छ। त्यसैगरी मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन्।

निर्वाचन आयोगका अनुसार एक सय ३३ निर्वाचन क्षेत्रका लागि एक करोड ७१ लाख ६३ हजार मतपत्र छापिएको जनाएको छ। आयोगले १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मत छाप्ने तयारी छ । हालसम्म प्रत्यक्षतर्फको कर्णाली प्रदेशका दस वटै जिल्लाको मतपत्र ढुवानी पनि भइसकेको जनाएको छ।

आयोगका अनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुर पश्चिम प्रदेशको सबै जिल्लाको मत पत्र छापिसकेको जनाएको छ।