२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल इटालीसँगको खेलपछि ज्वरोका कारण बिरामी भएका छन्।
उनी मुम्बईस्थित वानखेडे रंगशाला मा शनिबार भएको अभ्यासमा सहभागी भएनन्।

प्रशिक्षक स्टुआर्ट ल ले रोहितलाई शुक्रबारदेखि ज्वरो आएको जानकारी दिँदै आइतबार वेष्ट इन्डिजविरुद्धको खेलमा उपलब्ध हुने विश्वास व्यक्त गरे।

नेपाल इटालीसँग १० विकेटले पराजित भएपछि समूह ‘सी’ बाट सुपर ८ पुग्ने सम्भावना कमजोर बनेको छ। अब वेष्ट इन्डिजविरुद्धको खेल नेपालका लागि जित्नै पर्ने दबाबमा हुनेछ। वेष्ट इन्डिजका बलर अकिल हुसैन ले पनि नेपाललाई हल्का नलिने र जितका लागि खेल्ने बताएका छन्।