२ फाल्गुन २०८२
????????? ???????? ?????? ????????, ? ????? : ???????????? ?????? ?????????????? ?????? ????????? ?????? ????? ???? ???? ??????? ?????? : ?????? ???????/????
अ+
अ-

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति क्षेत्रमा जानु भई भक्तालुहरुलाई पशुपति दर्शनका लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा मन्त्रालयका उच्चपदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेको मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराए ।

सुरक्षा व्यवस्था तयारीबारे ‘ब्रिफिङ’का क्रममा काठमाडौँ प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिने गरी तयारी गरीएको तथा प्रत्येक सिफ्टमा मात्र एक हजार २०० सुरक्षाकर्मी खटिने जानकारी दिए ।

यसैगरी, स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट तथा सुरक्षा निकायको समन्वयमा ‘हेल्प डेस्क’को व्यवस्था गरिएको र भीडमा हुनसक्ने चोरी, पाकेटमार, लागूपदार्थ सेवन तथा सम्भावित दुव्र्यवहारलगायतलाई नियन्त्रण गर्न सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख थापाले बताए ।

सुरक्षा व्यवस्थाबारे जानकारी लिएपश्चात् मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन तथा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्रि पर्वमा अन्दाजी सात लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरीएको छ । कोषले दर्शनलाई सहज बनाउन आइतबार बिहान २ः०० ब