काठमाडौं। काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदी बन्दीबीच झडप भएपछि नाराबाजी भएको छ।
महिला बन्दी गृहमा नाइकेले एकजना महिला कैदीलाई कुटपिट गरेको बताएको छ।
कैदी बन्दी बीच आपसी विवाद भएपछि नाइकेले कुटेको जानकारी आएको अधिवक्ता आशिष पौडेलले बताए । उनले कारागारमा आफ्नो पक्ष कैदीलाई शनिबार भेट्न जाँदा नारा लगाइरहेको सुनेको बताए।
जगन्नाथदेवल कारागारका प्रवक्ता बैकुण्ठ रेग्मीले घटना शुक्रबारको भएको बताए । ‘हिजोको कुरा हो । कैदीबन्दीबीच विवाद हुँदा सामान्य कुटाकुट भएको हो’ उनलेे नेपालन्यूजसँग भने, ‘आज शान्त भैसकेको छ।’
कुटपिटपछि नाइकेलाई कारबाहीको माग गर्दै कैदी बन्दीहरूले नाराबाजी गरेका हुन्। भदौ २४ मा सुरक्षा दिन नसकेपछि कैदी बन्दी भागेका थिए। शनिबार पनि सेन्ट्रल जेलमा कडा सुरक्षा व्यवस्था गरिएको जेल प्रशासनले जनाएको छ।