काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपअन्तर्गत मुम्बईको वाङखेडे स्टेडियममा जारी नेपाल र वेस्ट इन्जिजबीचको खेलमा नेपालका बलर नन्दन यादवले वेस्ट इन्डिजको पहिलो विकेट झारेका छन्।
यादवले वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए।
किङले १७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे।
टस जितेर जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १३४ रनको लक्ष्य पाएको छ। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएको हो।
नेपालका मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए। उनले कठिन अवस्थामा इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए।
अन्तिमतिर सोमपाल कामीले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोड्दै टोलीलाई १३० रन पार गराएका थिए।
ओपनर कुशल भुर्तेल एक रनमै आउट हुँदा नेपालले सुरुआतमै धक्का बेहोरेको थियो।
आसिफ सेख ११, कप्तान रोहित पौडेल ५, आरिफ सेख २ र लोकेश बम १३ रनमा आउट भए। गुलसन झा ११ रन बनाएर पेभिलियन फर्किए। करण केसी १ रनमै आउट भए।
वेस्ट इन्डिजका जेसन होल्डर सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिए। म्याथ्यु फोर्ड, अकिल होसेन, समार जोसेफ र रोस्टन चेजले १/१ विकेट लिए।