चितवन। अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बिपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतनामूलक कार्यक्रम गरेको छ।
अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो। अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो।
कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो।
सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएका थियो। अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा अस्पतालमा उपचाररत बालक प्रेश्टा श्रेष्ठ र उनका अभिभावकले अस्पतालमा आफ्नो उपचार र भोगाइका बारेमा बताएका थिए।
सो अवसरमा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट पिड्यिाट्रिक हेमाटो अङ्कोलोजिस्ट डा कृष्णसागर शर्माले समायमानै रोग पहिचान भए उपचारबाट धेरै रोग निको पार्न सकिने बताए। उनले भने “समायमानै सचेत भएर उपयुक्त उपचार गर्न सके रोग निको पार्न सकिन्छ।”