काठमाडौँ। जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार सात कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतको टोलीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका १ घर भएका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका ४ का २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भुवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर र भारतका रोशन साह छन्।
उनीहरु चोरी, डाँका, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ज्यान मार्ने उद्योग कसुरको अभियुक्त हुन्।