भोजपुर। भोजपुर नगरपालिका ३‚ सेतीबगरनजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना.४ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ। बसमा २४ जना सेना र चालक-सहचालकसहित २६ जना यात्रारत थिए।
दुर्घटनामा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार बस सडकनजिकैको घुम्तीबाट तल खसेको छ। दुर्घटनामा सख्त घाइते आठ जनालाई सेनाको दुईवटा हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।