काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुति दिँदै कलाकारहरु । तस्बिर: किरणराज विष्ट / रासस
अ+
अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य रुपमा मनाइएको छ ।

टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक अंगका प्रमुख र विशिष्ट व्यक्तिसँगै कूटनीतिक नियोगका प्रमुखको सहभागिता रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार विशेष समारोह आयोजना भएको हो ।

 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिर: किरणराज विष्ट / रासस