खिचिक्क
धनुषाको कचुरीस्थानबाट भगवान् राम र माता जानकीको उत्सव प्रतिमासहित निकालिएको मिथिलाबिहारी डोलासहित परिक्रमामा हजारौँ पदयात्री सहभागी
महोत्तरी। १५ दिने मिथिला मध्य परिक्रमा गिरिजास्थानबाट आज (बिहीबार) मटिहानी पुगेको छ।
परिक्रमा जनकपुरधामको हनुमानगरमा भेला भई छिमेकी भारत बिहार राज्यको कलना (कल्याणेश्वर महादेव मन्दिर स्थान) बाट सुरु भएको हो। आज भने मटिहानी (लक्ष्मीनारायण मठ स्थान) मा पुगेको हो। धनुषाको कचुरीस्थानबाट भगवान् राम र माता जानकीको उत्सव प्रतिमासहित निकालिएको मिथिलाबिहारी डोलासहित परिक्रमामा हजारौँ पदयात्री सहभागी छन्।
खुलास्थानमा टेन्ट लगाएर गृहस्थ, संन्यासी, नागा, बाबाहरूको विश्राम गर्ने गरेको दृश्य हेर्न पाइन्छ। मटिहानीसँगै जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहितको ठाउँमा पाँचदिनसम्म परिक्रमा यात्री महोत्तरी जिल्लामा रहनेछन्। कञ्चनवनमा अग्निकुण्डस्थानले निकालेको किशोरीजीको डोलालाई आधार मानेर होलीउत्सव मनाइन्छ।
त्यसपछि परिक्रमा यात्री धनुषा प्रवेश गर्छन्। त्यहाँको विभिन्न स्थानमा विश्राम गरी पुनः छिमेकी भारत बिहारराज्यस्थित करुणा र बिसौलमा विश्राम गरी कलनामा पदयात्रीले परिक्रमा यात्रा पूरा गर्न छोडेको संकेत वा चिह्न पहिचान गर्नुपर्ने नियम छ।
मिथिला मध्य परिक्रमाका पदयात्रीले १३३ किलोमिटरको यात्रा फागुन पूर्णिमामा जनकपुरको अन्त गृह परिक्रमा गरी आ-आफ्नो घर फर्किएसँगै पूर्ण हुन्छ। हेरौँ मिथिला मध्य परिक्रमासँग जोडिएको थप तस्बिर :
