मस्को। क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाई आग्रह गरेको छ।
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सो सुझाव दिएका हुन्।
विदेशमन्त्री लाभरोभले भने- “अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।”
लाभरोभले क्युबासँगको सहयोग वाशिङ्टनविरुद्ध रहेको भन्ने आरोपलाई मस्कोले अस्वीकार गरेको बताउँदै वासिङ्टन र हवानाबीचको सबै विवादलाई वार्ताबाट समाधान गर्नुपर्ने बताए।
“हामी क्युबा र क्युवाली जनताकोसार्वभौमिकता र सुरक्षा कायम गर्न समर्थन जारी राख्नेछौँ,” उनले भने।
उनले थपे, “रूसले क्युबालाई लक्षित गर्ने अमेरिकी कानूनको निन्दा गर्दछ, जुन क्युबाले संयुक्त राज्य अमेरिकाका लागि खतरा हो भन्ने गलत दाबीमा आधारित छ।”