काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज वाचापत्र सार्वजनिक गर्ने भएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले सुर्खेतमा आज हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो।
घण्टाघर चोक सुर्खेतमा मध्याह्न १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई सभापति रवि लामिछाने र नेता बालेन्द्र (बालेन) शाहले सम्बोधन गर्नेछन्।
पार्टीले बुधबार धनगढीमा परिवर्तन उद्घोष सभा गरेको थियो।