काठमाडौँ
००:००:००
७ फाल्गुन २०८२, बिहीबार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ को ३७औँ खेलमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा बिहीबार इटालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्‍यो। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेट गुमाउँदै १६५ रन बनायो। कप्तान साई होपले ४६ बलमा सर्वाधिक ७५ रन बनाए। उनीपछि सेर्फेन रदरफोर्ड र रोस्टन चेसले २४ रन बनाए।

इटालीले खेल जित्न १६६ रनको लक्ष्य पायो। तर १८ ओभरमा अलआउट भएको इटाली १२३ रनमै समेटियो। इटालीका लागि बेन मानेन्टीले सर्वाधिक २६ रन बनाए।

इटालीको सुरुवात राम्रो भएन। जस्टिन मोस्का १२ रनमै पभेलियन फर्किए।