शंका-उपशंका चिर्दै मुलुक निर्वाचनको सँघारमा आइपुगेको छ। सामाजिक सञ्जालदेखि सडकसम्मका गतिविधिले चुनाव नजिकिएको संकेत गर्दै छन्।
यही माहोलमा सुरक्षाकर्मीको चहलपहल बढेको देखिन्छ। २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि गस्ती गर्दै ललितपुरको एकान्तकुनामा खटिएका निर्वाचन प्रहरीहरू।