काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

एमाले परित्याग गरी नेकपामा प्रवेश

१० फाल्गुन २०८२
तस्बिर : नेकपा संयोजक पुष्पकमल दाहालको सचिवालय
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले एमालेसहितको बृहत् कम्युनिस्ट एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेकपा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा ६ का पूर्ववडाध्यक्ष न्हुच्छे महर्जनलाई आइतबार पार्टीमा स्वागत गर्दै दाहालले राष्ट्रवादी शक्तिबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।

पूर्वनगरप्रमुख र पूर्ववडाध्यक्षलाई दाहालसहित नेता वामदेव गौतमलगायत नेताहरूले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।