काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

१० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले दल छाडेका साथीहरूलाई पुन: पार्टीमै फर्किन आह्वान गरेको छ।

सानेपास्थित पार्टी मुख्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत प्रवक्ता देवराज चालिसेले कांग्रेसमा फर्किन अनुरोध गरेका हुन्।

“निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण चुलिँदै गएको छ। विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि अन्य नेता कार्यकर्ता कांग्रेसमा आबद्ध हुने लहर देशभरि चलेको छ‚” उनले भने‚ “हामी सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौँ। हामी पुन: आह्वान गर्न चाहन्छौँ, घर छाडेका साथीहरू फर्किनुस्।’

उनले अन्य दलमा रहेका नेताहरूलाई पनि कांग्रेसमा जोडिन अनुरोध गरे। उनले भने‚ “अन्य पार्टीमा रहेका साथीहरू नेपाली कांग्रेसमा जोडिनुस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस्।”

यो पनि…

कर्ण मल्लसहितलाई डडेलधुरा कांग्रेसको आग्रह- पार्टीमा फर्किनुस्