काठमाडौँ
००:००:००
११ फाल्गुन २०८२, सोमबार

११ फाल्गुन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ।  गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानविन गर्न समिति बनाउने भएको छ।

आइतबार राति धादिङ बस दुर्घटनापछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार गृहमन्त्री ओम प्रकाश शर्मा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच सोमबार छलफल भएको थियो। छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका ५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। २२ जना घाइतेहरूको उपचार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर, कलंकीस्थित नेशनल मेडिकल कलेज र मलेखुस्थित टिचिङ अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।