काठमाडौं। आज २०८२ साल फागुन ११ गते सोमबार फागुन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । कृषि तथा पशुपालनमा भने खर्च केही बढ्ने देखिन्छ । सन्तानसुख बढ्नेछ ।
बृष: सामान्य प्रयासबाटै काममा सफलता मिल्ने र मिहेनतबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कार्य पनि सजिलै पुरा हुनेछन् । व्यापारमा फाइदा हुनेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् ।
मीथुन: सामाजिक प्रतिष्ठा मिल्ने तथा गरेका कामको प्रशंसा हुनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । कुनै महत्वपूर्ण निर्णय गलत ठाउँमा पर्न सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।
कर्कट: नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित ब्यापार–व्यवसायबाट सोचेअनुसार लाभ हुनेछ । पहिलेका कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको मन फर्किने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ ।
सिंह: राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नुका साथै मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । आम्दानी वृद्धि हुनुका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र पनि अनुकुल एवम् शुभदायी रहेको छ ।
कन्या: रोकिएका काम बन्नुका साथै दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् भने यात्रा मनोरञ्जनपूर्ण र फलदायी रहला । कामको जिम्मेवारी थपिन सक्छ ।
तुला: अरूका काममा ज्यादा समय खर्चनुपर्ने दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । शारीरिक कमजोरीका बाबजुद जिम्मेवारी भने बढ्ने देखिन्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । मिहेनतले यश–वर्चश्व वृद्धि गर्नेछ ।
वृश्चिक: कामको सन्दर्भमा अलि प्रतिस्पर्धा गर्नुपरे पनि उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । । केही चुनौती देखापरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् ।
धनु: व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।
मकर: कर्मबल र सफलता वृद्धिको समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ भने अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ ।
कुम्भ: नयाँ काम सुरु गर्ने समय छ, तर आकस्मिक खर्च वृद्धिले अप्ठ्यारोमा पार्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग पनि छ ।
मिन: चुनौतीयुक्त समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेको विशेष सावधानी अपनाउनुहोला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।